काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालयको कामलाई युद्धकै मोर्चाको रुपमा लिएको बताएका छन् । पाँचौं उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री भट्टले युद्धको मोर्चाको रुपमा मन्त्रालय पाएको र युद्धमा सफल भइछाड्ने बताए । उद्योगीका समस्या गम्भीरतापूर्वक लिने भन्दै उद्योगीहरुको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । मन्त्री भट्टले उद्योगीले आफ्नो समस्या लिएर मन्त्रालय…