विराटनगर । विराटनगरमा निर्माण भएको इन्टिग्रेटेड चेकपोष्ट अर्थात आईसीपी मंगलबार दुवै देशका प्रधानमन्त्रीले आआफ्नै कार्यकक्षबाट उदघाटन गरे । भारत सरकारको २ अर्ब १० करोड लगानीमा निर्माण भएको यो आईसीपी विराटनगरको बुधनगरमा रहेको छ । सन् २००५ मा नेपाल र भारत सरकारबीच दुवै देशका सिमानामा पर्ने वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्ज नाकामा आधुनिक एवं सुविधासम्पन्न आईसीपी…