काठमाडौं । चार वर्षअघि भारतले नाकाबन्दी लगाएसँगै चीनबाट पेट्रोलियम पदार्थ भित्र्याएर भारतसँगको परनिर्भरता अन्त्य गर्ने प्रयास भए पनि हाल यसमा पूर्णविराम लगाएको छ । रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण पूरा भएसँगै चीनबाट पेट्रोलियम पदार्थ ल्याउने चर्चा सेलाएकोमात्र नभै यो अध्याय नै समाप्त भएको जानकारहरु बताउँछन् । पाइपलाइन सम्झौतासँगै नेपालले भारतसँग विभिन्न शर्त पालना गर्नुपर्ने भएकाले चीनबाट…