काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलले अंग्रेजी नयाँ वर्ष– २०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवाको प्रारम्भ गरेको छ । चन्द्रागिरि हिल्स लिमिटेडको सीटी सम्पर्क कार्यालय पानीपोखरीस्थित आइएमई कम्प्लेक्सबाट हरेक दिन विहान १० बजे छुट्ने उक्त बस सेवाले लाजिम्पाट, कान्तिपथ, सोह्रखुट्टे, सोल्टीमोड, कलंकी हुँदै चन्द्रागिरि हिल्स लिमिटेडको बेस स्टेसनसम्मको दुरी तय गर्नेछ…