काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयातमा नगद मार्जिनसम्बन्धी व्यवस्था सधैँका लागि नभै अर्थतन्त्रका तत्कालीन समस्या समाधानका लागि अल्पकालीन रुपमा लगाइएको प्रष्टोक्ति दिएका छन् । आइतबार भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिन राखिएको उल्लेख गर्दै स्थिति सहज हुनासाथ यसलाई हटाइने प्रतिबद्धता जनाए । “देशको अर्थतन्त्र यतिबेला चुनौतूर्ण अवस्थामा…