अमेरिका (एजेन्सी): तपाइँ हामीले मनमा लागेको कुरा झट्ट ट्वीटर लेख्ने गर्दछौं र त्यसको कहिले वाहवाही आउँछ त कहिले आलोचना । माइक्रो ब्लगिङ भनिने ट्वीटरका २८० अक्षरभित्र धेरै मानिसका भावनादेखि सूचनासम्म अटाएका हुन्छन् । पछिल्ला केही वर्षदेखि संसारका राजनीतिज्ञदेखि धनाढ्यसम्मका ट्वीट निकै चर्चित हुन्छन् । कतिपय विवादमा पर्छन् भने कतिपयले ट्वीटरबाटै वैचारिक युद्ध पनि गरिरहेका हुन्छन्…