काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर मूल्य दोस्रो दिन पनि १० प्रतिशतले बढेको छ । आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको यस बैंकको सेयर मूल्यमा लगानीकर्ताको उच्च आकर्षण रहेसँगै सोमबार ९.८९ प्रतिशतले बढेको छ । सोमबार प्रतिकित्ता ३९२ रुपैयाँमा कारोबार सुरु भएको इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ३७ रुपैयाँले वृद्धि भइ ४११ रुपैयाँमा पुगेको हो…